नियम ३३
क्षतिपूर्ति निर्धारण
: ऐनको दफा ५२ बमोजिम अदालतले क्षतिपूर्ति रकम निर्धारण गर्दा हानी, नोक्सानी वा क्षति बापत पीडित पक्षले प्रचलित कानून बमोजिम गरेको बीमा बापत कुनै रकम प्राप्त गरेको “बा नगरेको, त्यस्तो रकम प्राप्त गर्न सक्ने अवस्था भएको वा नभएको र निजलाई हानी, नोक्सानी वा क्षति बापत कुनै सरकारी वा गैरसरकारी निकायबाट कुनै सेवा सुविधा प्राप्त भएको वा नभएको सम्बन्धमा समेत विचार गर्नु पर्नेछ ।